Kathmandu Press

बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय रोक्न अन्तरिम आदेश

सर्वोच्च न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले निर्णय रोक्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको छ।
बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय रोक्न अन्तरिम आदेश

काठमाडौं, माघ २६ : सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय रोक्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चले शुक्रबार अल्पकालिन अन्तरिम आदेश दिएको हो। बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दिएका थिए।

Hardik ivf

सर्वोच्च न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले निर्णय रोक्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश दिएको छ। उक्त प्रकरणमा अन्तरिम अदेशका लागि पक्षविपक्षलाई छलफलमा बोलाइएको छ।

बसौलाले ९ माघमा बसेको मन्त्रिपरिषद वैठकले पदबाट हटाउने निर्णय गरेको थियो। मन्त्री बस्नेतले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै ११ बुँदे स्पष्टीकरणसहित पदबाट हटाउन मन्त्रिपरिषदमा सिफारिस गरेका थिए।

मन्त्रिपरिषद्ले डा.बसौलालाई तीन महिनाको लागि निलम्बन गरेको थियो । सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशसँगै डा. बसौलाले बोर्डको पुनः जिम्मेवारी समाल्ने भएका छन्।

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्