Kathmandu Press

कोशी सरकार विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री थपिए

मुख्यमन्त्री केदार कार्कीले ४ मन्त्री र २ राज्यमन्त्री थप्दै सरकार विस्तार गरेका हुन्।
कोशी सरकार विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री थपिए

मोरङ, माघ २६ : कोशी प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री केदार कार्कीले ४ मन्त्री र २ राज्यमन्त्री थप्दै सरकार विस्तार गरेका हुन्।

कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बनाएका छन्। सुनुवारले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदा खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Hardik ivf

यस्तै, माओवादीबाट मन्त्री बनेका नारायण बुर्जामगरले समाजिक विकास र राजेन्द्र कार्कीले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए। उनीहरु दुवै कांग्रेसका हुन् ।

वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन्।

 

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्