माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेललाई पक्राउ गरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो।
काठमाडौं, माघ २६ : वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पाँच लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेललाई पक्राउ गरी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो।
‘पक्राउ परेका पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी पाँच लाख लिइ सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा बिहीबार बबरमहलबाट पक्राउ गरी आज सार्वजनिक गरेका हौं,’ प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने।
पक्राउ परेका पटेलमाथि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।
प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, माघ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार