Kathmandu Press

सुशासन कायम गर्न सरकारको पहल जारी छ : उपप्रधानमन्त्री श्रेष्ठ

उनले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको बताउँदै उहाँले प्रविधि तथा सेवाग्राहीमैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
सुशासन कायम गर्न सरकारको पहल जारी छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, माघ २६ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनबिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन्।

अध्यागमन विभागद्वारा आयोजित ‘ई–भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको शुभारम्भ’ कार्यक्रममा उनले सरकार सुशासनसहितको सुधारका लागि प्रयासरत रहेको बताए।

Hardik ivf

उनले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको बताउँदै उहाँले प्रविधि तथा सेवाग्राहीमैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

‘जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउनु पनि सुशासनको अनिवार्य शर्त हो। त्यसैका आधारमा अहिले हामी काम अघि बढाइरहेका छौँ,’ उनले भने, ‘अध्यागमनका सन्दर्भमा अहिले नै यो गुणात्मक फड्को हो। केही समयभित्र अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गर्छौं।’

कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले अध्यागमन सुधारबारे जानकारी गराउँदै भविष्यमा ‘ग्लोबल पेमेन्ट’को तयारी गरिरहेको बताए।

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्