Kathmandu Press

कांग्रेसकाे मूल मन्त्र सुशासन हुनुपर्छ : महामन्त्री थापा

‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो,’ महामन्त्री थापाले भने।
कांग्रेसकाे मूल मन्त्र सुशासन हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं, माघ २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सुशासनलाई पार्टीको मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले देशको विकासका लागि कांग्रेसले सुशासनलाई पार्टीको मूल मन्त्र बनाएर अगाडि बढाउनुपर्ने बताए। महामन्त्री थापाले पछिल्लो समय संविधानमाथि प्रहार गर्ने कोसिस भइरहेको बर्ताए।

Hardik ivf

‘संविधानमाथि आक्रमण भइरहेको छ, यस्ता अवरोध बेलाबेलामा आइरहन्छन्, यस्ता अवरोधसँग जुध्दै जाने हो चिर्दै जाने हो,’ महामन्त्री थापाले भने। उनले काठमाडौंमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको भन्दै काठमाडौंलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

उनले स्थानीय निकाय र पार्टीबीच समन्वय हुन नसकेको आम गुनासो रहेको भन्दै त्यसलाई चिर्न जरुरी रहेको उल्लेख गरे। भ्रष्टाचारी जोगाउनका लागि सरकार लाग्न नहुने उनले बताए। उनले भने, ‘दोषी उम्कनुहुन्न, निर्दोष फस्नुहुन्न, भ्रष्टाचारी, ठग भिआईपी हुँदैन।’

महामन्त्री थापाले सुशील कोइरालाको दृढता र लचकताका कारण संविधान निर्माण भएको बताउँदै अग्रज नेताको आस्था, निष्ठा र नैतिकताबाट पछिल्लो पुस्ताले पाठ सिक्नुपर्ने बताए।

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्