Kathmandu Press

कृषि क्षेत्रबाटै समृद्धि ल्याउन सकिन्छ : मन्त्री भुसाल

मन्त्री भुसालले कृषि क्षेत्रमा अहिले भएका कामहरू अपर्याप्त भएको बताउँदै बजारको अभाव नहुने वस्तुको उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे।
कृषि क्षेत्रबाटै समृद्धि ल्याउन सकिन्छ : मन्त्री भुसाल

चितवन, माघ २६ : कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले कृषि क्षेत्रबाटै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन्।

शुक्रबार चितवनको नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भुसालले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै कृषि क्षेत्रबाटै मुलुकमा समृद्धि ल्याउन सकिने बताए।

Hardik ivf

मन्त्री भुसालले कृषि क्षेत्रमा अहिले भएका कामहरू अपर्याप्त भएको बताउँदै बजारको अभाव नहुने वस्तुको उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे।

अहिले धान जस्तो चियाको पनि बजार अभाव नभएको भन्दै वार्षिक ४ अर्बको चिया निर्यात हुने गरेको उनले बताए।

उक्त अवसरमा नेपाल टि एसोसियसनका अध्यक्ष कमल मैनालीले नेपालमा चियामा मात्रै आत्मनिर्भर रहेका तर सरकारले चिया किसानहरुलाई कुनै सुविधा दिन नसकेको बताए।

प्रदर्शनीमा नेपालका १५ जिल्लामा उत्पादन भएको चियाहरू प्रदर्शनी तथा टेस्टिङ गराइएको छ। शनिबारसम्म चल्ने प्रदर्शनीमाबिभिन्न जिल्लाका ३० वटा स्टलहरू रहेका छन्।

स्वदेशमा उत्पादित चियाको सेवन गरौ स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्र नै खपत बढाउने र यसको फाईदाहरुको बारेमा जानकारी दिने उद्देश्यले चिया प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्