बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन प्रक्रिया सुरु
जग्गा फिर्ताका लागि २१ दिनको समय दिएर मालपोत कार्यालय डिल्लीबजारले पत्राचार गरेको छ। उक्त पत्र बिहीबारै चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले बुझेका छन्।
काठमाडौं, माघ २६ : तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन मालपोत कार्यालय डिल्लीबजारले पत्राचार गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएसँगै जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको हो।
जग्गा फिर्ताका लागि २१ दिनको समय दिएर मालपोत कार्यालय डिल्लीबजारले पत्राचार गरेको छ। उक्त पत्र बिहीबारै चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले बुझेका छन्।
चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर अदालतबाट हाजिर जमानीमा छुटेका छन्।
मालपोत कार्यालयले पठाएको पत्रमा च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको जिल्ला काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं. ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० वर्गमिटर जग्गा फिर्ता गर्ने स्रेस्ता लिएर आउन भनिएको छ। मालपोतले झिकाएका कागजात प्राप्त भएपछि जग्गा फिर्ता गर्ने तयारी छ।












