Kathmandu Press

पाकिस्तान निर्वाचन : इमरान खान र भुट्टोको पार्टीबीच कडा टक्कर

निर्वाचनको मतपरिणाम अनुसार खानको पार्टी पाकिस्तान तेहरिक इन्सानका उम्मेदवारलेले २१ सिटमा जित निकालेको जनाइएको छ। बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि खानको पार्टीलाई टक्कर दिँदै २१ सिटमै जित निकालेको छ।
पाकिस्तान निर्वाचन : इमरान खान र भुट्टोको पार्टीबीच कडा टक्कर

कराँची, माघ २६ : पाकिस्तान बिहीबार सम्पन्न निर्वाचनमा जेलमा रहेका इमरान खान नेतृत्वको पार्टीले अग्रता बनाएको छ। बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि खानको पार्टीलाई टक्कर दिइरहेको छ।

निर्वाचनको मतपरिणाम अनुसार खानको पार्टी पाकिस्तान तेहरिक इन्सानका उम्मेदवारलेले २१ सिटमा जित निकालेको जनाइएको छ। बिलवाल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि खानको पार्टीलाई टक्कर दिँदै २१ सिटमै जित निकालेको छ।

Hardik ivf

पाकिस्तानमा २६५ सिटका लागि भएको मतदानपछिको गणनाअनुसार हालसम्म ६३ सिटको टुंगो लागिसकेको छ।

सेनाको साथ रहेको नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले १८ सिटमा मात्र जित हासिल गरेको छ। शरिफको पार्टीले उम्मेदवारी दिएका २ मध्ये १ सिटमा पराजय भोगेको जनाइएको छ । सरिफ भने लाहौरबाट विजयी भएका छन्।

इमरान खानलाई सत्ताबाट हटाएर प्रधानमन्त्री बनेका नवाजका भाइ शाहबाज शरिफ पनि विजयी भएका छन्। पाकिस्ता मुस्लिम लिगका अध्यक्ष रहेका उनी लाहौरको एक सिटबाट सांसद्मा जितेका हुन्।

चुनावअघिसम्म उनी पाकिस्तानका प्रधानमन्त्री थिए। पाकिस्तानको ताजा चुनावी परिणामले सेनाको साथ रहेको बताइएका शरिफलाई चुनावी झट्का लागेको छ ।

 

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, माघ २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्