Kathmandu Press

‘टुर डे ठाकुरद्वारा’ सुरु

वागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने कार्यक्रम संयोजक सतिश निरौलाले बताए।
‘टुर डे ठाकुरद्वारा’ सुरु

बाँके, माघ २६ : बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘टुर डे ठाकुरद्वारा’ सुरु भएको छ। बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रामार्फत ‘टुर डे ठाकुरद्वारा’ सुरु भएको हो।

नेपालगञ्जबाट सुरू भएको साइकल यात्रा भोलि बर्दियाको ठाकुरद्वारामा गएर सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रममा दुई सयभन्दा बढी साइकलयात्री सहभागी भएका आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ।

Hardik ivf

कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेको वागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय चार किलोमिटर लामो छ। वागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने उनले जानए।

RG-Janaki-Banke-20240209_083905-1707468290.JPG

साइकलयात्राका लागि टिसर्ट सार्वजनिक गर्दै चीन र भारतबाटसमेत साइकलयात्रीको सहभागिता रहेको संयोजक निरौलाले जनाए। टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब २७ लाख खर्च हुने अनुमान गरिएको उने बताए।

उक्त यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए। उनका अनुसार बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले विगत छ वर्षदेखि ‘टुर डे ठाकुरद्वारा’ आयोजना हुँदै आएको छ।

उक्त साइकलयात्रामा झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत जिल्लाबाट दुई सय पाँच जना साइकलयात्री सहभागी छन्।

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्