Kathmandu Press

बालकुमारी घटनामा मन्त्री ज्वालासँग बयान लिइयो

मन्त्री ज्वालाको बयान लिएपछि छानबिनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। गत पुस १३ गते कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा अप्रिय घटना भएको थियो।
बालकुमारी घटनामा मन्त्री ज्वालासँग बयान लिइयो

काठमाडौं, माघ २६ : ललितपुरको बालकुमारीमा भएको दंगा प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिइएको छ। उक्त घटनामा छानबिन गर्न बनेको आयोगले मन्त्री ज्वालाको बयान लिएको हो।

मन्त्री ज्वालाको बयान लिएपछि छानबिनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। गत पुस १३ गते कोरिया भाषा परीक्षाको फाराम भर्ने विषयमा विवाद हुँदा अप्रिय घटना भएको थियो।

Hardik ivf

बालकुमारीमा प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।

उक्त घटनाको छानबिन गर्न सरकारले पुस १६ गते उच्च अदालत पाटनका पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले चाँडै आफ्नो प्रतिवेदन बुझाउने तयारीमा रहेको जनाइएको छ।

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्