Kathmandu Press

‘विमानस्थल बनाउन भन्दा चलाउन कठिन छ’

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि संचालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए।
‘विमानस्थल बनाउन भन्दा चलाउन कठिन छ’

उदयपुर, माघ २६ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले विमानस्थल बनाउन भन्दा चलाउन कठिन रहेको बताएका छन्।

शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तिरिक विमानस्थलको निरीक्षण अवोलकन गर्दै मन्त्री किराँतीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताए।

Hardik ivf

नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि संचालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरु लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए। उनले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाईट र माउन्टेन फ्लाईटबाट भने केही संभावना हुने बताए।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ। १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले प्रयाप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन।

तीन अर्ब बन्दा बढी लागत लाग्ने विमानस्थल निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ विनियोजन भएको भएको छ।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्