Kathmandu Press

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदै

मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेरले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार हुँदै

मोरङ, माघ २६ : कोशी प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदैछ।

मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेरले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

Hardik ivf

नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् भने इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन्। प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ।

यस्तै, माओवादीबाट नारायण बुर्जामगरले समाजिक विकास र राजेन्द्र कार्कीले खानेपानी मन्त्रालयलको जिम्मेवारी पाउने बताइएको छ।

नवनियुक्त मन्त्रीहरुले आजै ४ बजे शपथ लिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्