Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेको हो । 
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ २६ : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेको हो । 

Hardik ivf

मुख्यसचिव श्रीराम ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ ।  

माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ । 

प्रकाशित मिति: ०९:१४ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्