Kathmandu Press

छोरी बुहारीलाई निःशुल्क पढाइ र रोजगारी 

गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी सुजता ‘नगरको इच्छा छोरी,बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भईन् । हाल उनी स्नात्तकोत्तर तहमा अध्ययनरत छन् । 
छोरी बुहारीलाई निःशुल्क पढाइ र रोजगारी 

इलाम, माघ २६ : सूर्योदय नगरपालिका १ धजेकी सुजता बजगाईलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उनको समस्या  नगरपालिकाले बुझिदियो र निःशुल्क पढाइयो । 

गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी सुजता ‘नगरको इच्छा छोरी,बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भईन् । हाल उनी स्नात्तकोत्तर तहमा अध्ययनरत छन् । 

“परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ”, सुजताका बुवा प्रेम बजगाईले भने, “हाम्रो नगरपालिकाले छोरी बुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छाडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।”

 सूर्योदय नगरपालिकाले सो कार्यक्रमअन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी, बुहारीलाई पढाउन थालेको चार वर्ष भयो । उक्त छात्रवृत्ति कार्यक्रममार्फत अहिलेसम्म एक सय ५३ छोरी(बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको सो क्याम्पसका प्रमुख गोपाल कट्टेलले जानकारी दिए । यसवर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीm बुहारीको सङ्ख्या करिब दुई सय छ ।  

Hardik ivf

नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए । हामीले स्नातक गरिसकेका विद्यार्थीलाई रोजगारी पनि दिदैछौं ।

नगरप्रमुख राईले भने, “विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा एक सय दिनको रोजगारी दिँदैछौँ ।” नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’ लाई एक सय दिनको रोजगारी दिने तयारी गरेको हो । 

छोटो समयका लागि भएपनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागिएको राईले बताए। उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा एक सय दिनको रोजगारी सहयोगी बन्ने उनको भनाइ छ । 

“स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ”, उनले भने, “उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ ।”

उच्च शिक्षा अध्ययन गर्न नपाउँदै विवाह हुने र त्यसपछि शिक्षा लिने अवसरबाट वञ्चित नहोउन भन्ने उद्देश्यले उक्त कार्यक्रम सुरुआत गरिएको नगरप्रमुख रार्ईको भनाइ छ । “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो”, उनले भने, “छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरी–बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको हो ।”  

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले योग्यताअनुसार रोजगारी दिइने बताए । “कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ”, उनले भने, “यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि आवेदन माग गरी सूचना जारी गरिसकिएको छ ।”

नगरबाट छात्रवृत्ति पाएका महिलाले करफोक क्याम्पसमा विभिन्न सङ्काय र विषय अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी–बुहारी लाभान्वित भएको बताए । 

करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्लाबाहिर रहेकाले आधाभन्दा बढीले मात्रै एक सय दिनको रोजगारी लिने शिक्षा शाखा प्रमुख भट्टराईले बताए । 

प्रकाशित मिति: ०७:५८ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्