Kathmandu Press

लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु

परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु

लुम्बिनी, माघ २६ : लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु भएको छ । 

परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।

Hardik ivf

उक्त सेवाको  लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको र अहिले मन्त्रालयबाट सबैभन्दा धेरै लगानी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको बताए । उनले अस्पतालमा देखिएका भौतिक एवं जनशक्ति अभावलाई व्यवस्थापन गर्ने काम भइरहेको बताए । 

स्वास्थ्यमन्त्री खनालले मातृ र बाल मृत्युदर उच्च भएको तथ्याङ्क रहेको बेला लुम्बिनी प्रादेशिक अस्पतालमा थपिएको बर्थिङ सेन्टर र पिआईसियुले मृत्युदर घटाउन सहयोगी बन्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थीले पुरानो र धेरैले सेवा लिने लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा बिस्तारसँगै गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले सरकारले आवश्यक स्वास्थ्यकर्मी तथा बजेटका लागि मन्त्रालयले सक्दो सहयोग गरिरहेको बताए ।

त्यस अवसरमा प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरीले सामान्य केसलाई बर्थिङ सेन्टरमा गर्दा जटिल बिरामीले पालो नपाउने अवस्था आउनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । अस्पतालमा सुरु भएको बर्थिङ सेन्टरको बेड बढाउन आवश्यक रहेको भन्दै आमा र बच्चा रिफर गर्न नपर्ने अवस्था सृजना गर्न निर्देशन दिए ।
 
प्रकाशित मिति: ०७:२२ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्