बुटवलमा क्लोथ एण्ड फुड बैंक सञ्चालन हुने, महानायक राजेश हमालले उद्घाटन गर्ने
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
काठमाडौं, माघ २६ : रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका ,रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो ।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । मानव सेवाको लागि ‘पुरानो कपडालाइ : पुन प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास पाण्डेयले गरे ।
बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको हो । यस परोपकारी कार्यमा सम्पूर्ण संघ सस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गरिएको छ ।
क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सकिने भएको छ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको यस अभियानका अभियानकर्ता कमल जि.सी.ले बताए ।
देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको औपचारिक शुभारम्भ यहि फाल्गुन ५ गते बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जिसिले जानकारी दिए ।












