Kathmandu Press

महाधिवेशनका लागि नेकप एसले वैशाख २२ भित्र प्रतिनिधि चयन गरिसक्ने

बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो। त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नविकरण, अध्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ ।
महाधिवेशनका लागि नेकप एसले वैशाख २२ भित्र प्रतिनिधि चयन गरिसक्ने

काठमाडौं, माघ २५ : नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनका लागि आगामी वैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो। त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नविकरण, अध्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ ।

बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा कामका आधारमा (सदस्यता, नविकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै माघ २५ देखि चैत २५सम्म संगठन सुदृढिकरणको अभियान सञ्चालन गर्ने खतिवडाले जनाए।

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, माघ २५, २०८०