Kathmandu Press

मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा भाग लिन जाने टोलीकाे बिदाइ

बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। प्रतियोगीता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ।
मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा भाग लिन जाने टोलीकाे बिदाइ

काठमाडाैं, माघ २५ : मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

बिहीबार काठमाडौंमा क्यानले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। प्रतियोगीता १० देखि १८ फेब्रुअरीसम्म हुनेछ। बिदाइ कार्यक्रममा महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरुको बन्द प्रशिक्षण निकै राम्रो भएको भन्दै महिला टी-२० एसिया कपमा क्वालीफाई भएर फर्कने विश्वास व्यक्त गरिन्।

त्यस्तै मुख्य प्रशिक्षक मनोज कटवाल बन्द प्रशिक्षणमा क्रममा राम्रो अभ्यास भएको नजिता पनि राम्रो आउने बताए। उनले खेलका लागि सवै खेलाडीहरु फिट रहेको उल्लेख गरे।

प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछन्। उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन्।

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्