Kathmandu Press

कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरु

कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानवादीले आन्दोलन गरेका थिए।
कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरु
फाइल तस्बिर

विराटनगर, माघ २५ : कोशी प्रदेश सरकार र पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष समितिविच वार्ता शुरु भएको छ। कोशी प्रदेश सरकारले आजै समितिलाई वार्ताका पत्र पठाएको थियो। 

कोशी प्रदेश सरकारले संयुक्त सङ्घर्षरत समितिसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ।

Hardik ivf

पहिचानवादीका तर्फबाट वार्तामा समितिको तर्फबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी छन्।

कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानवादीले आन्दोलन गरेका थिए। उनीहरुले प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग गर्दै आएका छन्। आन्दोलनकाक्रममा एक जनाको मृत्यु समेत भएको थियो।
 

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्