Kathmandu Press

नारायणी किनारमा माघ २६ र २७ मा चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम

नेपालमा उत्पादित चियाको देश भित्र नै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरीएको नेपाल चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले बताए।
नारायणी किनारमा माघ २६ र २७ मा चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम

काठमाडाैं, माघ २५ : नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धनका लागि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा हुने भएको छ।

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य सघ चितवन सहआयोजना भरतपुर महानगर पालिकाको प्रवर्धन र चिया क्षेत्रमा क्रियाशील विभिन्न सघ सस्थाहरुको सहकार्यमा उक्त प्रदशनी हुन लागेको हो। उक्त प्रदर्शनी उही माघ २६ र २७ गते हुने बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

Hardik ivf

स्वदेशमा उत्पादित चिया सेवन गरौ स्वस्थ समृद्ध र आतमनिर्भर बनौ भन्ने मुल नाराका साथ नेपालमा उत्पादित चियाको देश भित्र नै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरीएको नेपाल चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले बताए। उनले नेपालका सम्पुर्ण सम्पुर्ण चिया व्यवसायीहरुको प्रत्यक्ष उपस्थितिमा नेपालमा दोश्रो र चितवनमा पहिलो पटक आयोजना हुन गरईरहेको जानकारी दिए।

प्रदर्शनीमा चियाका मुख्य जिल्लाहरु झापा, इलाम, धनकुटा, तेह्थुम, भोजपुर, संखुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्कीदेखि पश्चिमसम्मका उत्पादित चियाको करीब ३० वटा स्टलहरु रहनेछन् भने १ सय भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्