Kathmandu Press

सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिइयो

भण्डारीको सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि छााबिनमा तानिएका हुन्।
सुन तस्करी प्रकरण : विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिइयो

काठमाडौं, माघ २५ : सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सिंहदरबारमा बयान लिएको छ।

भण्डारी ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको भेटिएपछि समितिले डाकेर बयान लिएको हो। भण्डारीको सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि छााबिनमा तानिएका हुन्।

Hardik ivf

भण्डारी विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा समेत मुछिएका छन्।

छानबिन समितिले यसअघि नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई पनि बयानका लागि बोलाएको थियो।

 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्