Kathmandu Press

माधव नेपाललाई जनताले विश्वास गर्न छाडिसेक, अर्को पटक चुनाव जित्दैनन् : ओली

माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियाबादीहरुको मतियार भएर अरुको सरकार बनाउँदै पछि–पछि हिँडेको समेत बताए।
माधव नेपाललाई जनताले विश्वास गर्न छाडिसेक, अर्को पटक चुनाव जित्दैनन् : ओली

रौतहट, माघ २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कोपल्ट माधव नेपालले चूनाव नजित्ने बताएका छन्।

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव नेपाललाई जनताले विश्वास गर्न छाडिसकेको भन्दै अर्कोपटक चूनाव नजित्ने बताए।

Hardik ivf

माधव नेपालको चर्को आलोचना गरेका ओलीले विदेशी र प्रतिक्रियाबादीहरुको मतियार भएर अरुको सरकार बनाउँदै पछि–पछि हिँडेको समेत बताए।

अध्यक्ष ओलीले नेपालले एमालेलाई धोका दिएको भन्दै भ्रमवस माधव नेपालको पार्टीमा गएकालाई फिर्ता आउन आह्वान समेत गरे। माधव नेपालले आफूसँग बोलचाल छैन भन्दै हिडेको उल्लेख गर्दै ओलीले त्यसले आफुलाई कुनै फरक नपर्ने बरु रौतहटकै जनतासंग बोल्न बन्द गर्न सुझाब दिए।

त्यस्तै उनले वर्तमान सरकारले देश र जनताका लागि कुनै नयाँ कार्यक्रम गर्न नसकेको र एमालेले सुरु गरेका निर्माणका कार्यहरुलाई समेत अवरुद्ध गरेको जिकिर गरे।

अध्यक्ष ओलीले जनताको आशा अपेक्षा अनुसार जिम्मेवारीपूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्