Kathmandu Press

जाँचबुझ आयागले लियो पूर्व सभामुख महरासँग बयान

महरा इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा मुछिएका छन्।
जाँचबुझ आयागले लियो पूर्व सभामुख महरासँग बयान
Hardik ivf

काठमाडौं, माघ २५ : सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग सिंहदरबारमा बयान लिएको छ। 

महराले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिएका हुन्। महराले केही समयअघि सिंहदरबारमा रहेको पुरानो गृह मन्त्रालयमा रहेको आयोगमा पुगेर बयान दिएको जनाइएको छ। महरा इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा मुछिएका छन्।

सुन तस्करीमा संलग्न रहेको बताइएका  चिनियाँ नागरिक दाओजिन वाङसँग महराको पटकपटक कनेक्सन देखिएपछि उनलाई पनि छानविनको दायरामा ल्याइएको हो। महरासँगको बयान जारी छ। 
 

प्रकाशित मिति: १५:०९ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्