टीकापुरको ३० बिघा जग्गा अनियमितता प्रकरणमा अदालतमा मुद्दा
अख्तियारले बिहीबार नै जग्गा अनियमिताको मुद्दा विशेष अदालतमा पेश गरेको छ। उक्त मुद्दाको अहिले रुजु भइरहेको जनाइएको छ।
काठमाडौं, माघ २५ : टीकापुरको ३० बिघा सरकारी जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ।
अख्तियारले बिहीबार नै जग्गा अनियमिताको मुद्दा विशेष अदालतमा पेश गरेको छ। उक्त मुद्दाको अहिले रुजु भइरहेको जनाइएको छ। जग्गा अनियमितता प्रकरणमा २ सय भन्दा बढी व्यक्तिलाई प्रतिबादी बनाउँदै अख्तियारले अभियोगपत्र पेश गरेको हो। प्रतिबादीमा टीकापुर विकास समितिका पदाधिकारीलगायत रहेको जनाइएको छ।
टीकापुर बजार क्षेत्र आसपासको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा कर्यकर्ता र आफन्तलाई वितरण गरिएको दाबी गर्दै कारबाही गरी सरकारकै नाममा ल्याउन माग गरिएको छ।
प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












