Kathmandu Press

धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम

सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो।
धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम
Hardik ivf

धनकुटा, माघ २५ : धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ।
 
सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसआईडी) र ऊर्जा नेपालको सहयोगमा अजम्बरी विकास फाउन्डेशन ललितपुरले गत भदौदेखि उक्त कार्यक्रम सञ्चालन ल्याएको हो।
 
यस कार्यक्रमबाट सरकारले लिएको स्वच्छ भान्सासम्बन्धी लक्ष्य पूरा गर्न महत्वपूर्ण सहयोग पुग्ने यूएसआईडीका स्थलगत वरिष्ठ अनुगमनकर्ता दुर्गादेवी खड्काले जानकारी दिए। उनका अनुसार कार्यक्रमअन्तर्गत फाउन्डेसनले धनकुटामा ३२ र छथर जोरपाटीमा २० गरी ५२ वटा विद्युतीय इन्डक्सन चुला र भाँडा निःशुल्क वितरण गरेको छ। 

एक वर्ष समय अवधिसम्म सञ्चालनमा रहने उक्त कार्यक्रमअन्तर्गत चुलो वितरणपछि नगरका १० र पालिकाका छ वडामा सचेतना कार्यक्रम सम्पन्न भएका छन्। ‘स्वच्छ भान्छा सामाजिक सञ्जाल प्रतियोगिता’, विद्युतीय चुलो बनाउने तालिम, महिला नेत्री तथा पत्रकारसँग अभिमुखीकरणलगायत थप कार्यक्रम सञ्चालन गरिने खड्काले जानकारी दिए।
 
कार्यक्रमले आयातित ग्यासको सट्टा स्वदेशको विद्युत् प्रयोग गर्ने वैकल्पिक ऊर्जाका रुपमा प्रोत्साहन गर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। विद्युतीय चुलोको प्रयोगबाट ग्रामीण क्षेत्रका भान्सामा दाउराको कमी आएमा भान्सा र वातावरण दुवै स्वच्छ हुने उनको भनाइ थियो।

प्रकाशित मिति: १३:५५ बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्