मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरूको बैठक बालुवाटारमा जारी
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
काठमाडौं, माघ २५ : प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलका शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले भनाइ छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २२ गते सकिँदैछ।
नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ। माओवादी केन्द्रले पनि अध्यक्षमा दाबी गरेको छ। राष्ट्रिय सभामा अहिले सबैभन्दा ठुलो दल माओवादी केन्द्र हो।
प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार