Kathmandu Press

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै जनमतले सडक आन्दोलन गर्ने

निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसमेत जनताबाट चुनिनुपर्ने माग उनीहरूको छ।
प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै जनमतले सडक आन्दोलन गर्ने

काठमाडौं, माघ २५ : सत्ता साझेदार जनमत पार्टीले प्रत्यक्ष निर्वाचित कार्याकारी राष्ट्रपतिको माग गरेको छ। त्यसका लागि जनमतले सडक आन्दोलन गर्ने बताएको छ। उसले देश विकास आन्दोलन समन्वय समिति गठन गरेर आन्दोलनको पृष्ठभूमि तयार पारेको छ।

जनमतले आन्दोलनका लागि ९ बुँदे माग अघि सारेको छ। जसमा शासकीय स्वरूप परिवर्तनदेखि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिनुपर्नेसम्म छन्।

Hardik ivf

संसदबाट चुनिने प्रधानमन्त्री प्रणाली हटाएर नागरिकले प्रत्यक्ष मत हालेर कार्यकारी प्रमुख चुन्नुपर्ने जनमतले अघि सारेको मागमा उल्लेख छ। निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसमेत जनताबाट चुनिनुपर्ने माग उनीहरूको छ।

विभागीय मन्त्रीहरू खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरिनुपर्ने जनमतले माग गरेको छ। प्रदेश सरकारहरूमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने तर कुनै पनि मन्त्रीहरू नरहने व्यवस्था गर्न आन्दोलन गर्न लागिएको जनमतले बताएको छ।

दुई सदनात्मक व्यवस्था अन्त्य गरेर सांसदहरूमाथि कुनै पनि किसिमको ह्वीप नलाग्ने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।सांसदलाई कुनै समूह वा पार्टीको दबाबबाट मुक्त राखी जनताको हितमा छिटोछरियो ऐन बनाउने र पारित गर्न सक्ने एक सदनात्मक संसद हुनुपर्ने जनमतले बताएको छ।

यस्तै जनताले समेत प्रत्यक्ष मत जाहेर गरेर ऐन ल्याउन सक्ने व्यवस्था हुनुपर्ने प्रणाली माग गरिएको छ।

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, माघ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्