‘सरकार फेर्नेबारे छलफल गर्ने बेला भएको छैन’
उनले वर्तमान संविधानलाई कसैले चुनौती दिन्छ भने सत्ता गठबन्धनले त्यसको डटेर सामना गर्ने बताए।---frame-at-3m30s-1705139566.jpg)
काडमाडौं, माघ २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै प्रधानमन्त्री फेर्ने विषयमा छलफल गर्न नहुने बताएका छन्।
अर्को सत्ताघटक नेपाली कांग्रेसका नेताहरुले सरकारको नेतृत्व नै फर्नुपर्ने धारणा राखिरहेका बेला अध्यक्ष नेपालले भने अहिले नै सरकारको नेतृत्व फेर्ने विषयमा छलफल गर्ने बेला नभएको बताए।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए।
‘मेरो सामुन्नेमा त कसैले पनि दाबी गरेको छैन। कुनै पार्टीले पनि दाबी गरेको मैले सुनेको छैन। अब व्यक्ति विशेषको चाहना होला, पार्टी विशेषको पनि होला । त्यो भयो भने छलफलमा आउँला । आइसकेपछि उपयुक्त, योग्य व्यक्तिहरुको छनोट होला,’ अध्यक्ष नेपालले भने।
उनले वर्तमान संविधानलाई कसैले चुनौती दिन्छ भने सत्ता गठबन्धनले त्यसको डटेर सामना गर्ने बताए। देशमा न्याय र अधिकारका लागि जो सुकैले पनि आवाज बुलन्न पार्न पाउनुपर्ने बताए।












