Kathmandu Press

राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद हुन्न : अध्यक्ष नेपाल

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे।
राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद हुन्न : अध्यक्ष नेपाल

काठमाडाैं, माघ २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद नहुने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे। उनले उक्त पदमा दलहरुको दाबी रहनु स्वाभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस बिषयमा कुनै छलफल नभएको जिकिर गरे।

Hardik ivf

त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर गरे। उहाले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए। त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी रहेको बताउए।

राष्ट्रियसभामा माओवादी पहिलो दल भएकाले शक्तिसन्तुलनका आधारमा अध्यक्ष चयन गर्नुपर्ने बताउनुभयो । उहाले यस बिषयमा अन्य दलहरुसंग छलफल गररै अघि बढ्ने बताए।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दावी रहेको र कृष्ण सिटौला नै अध्यक्ष बन्ने दावी गरे।उनले छिटै गठबन्धनको बैठक बसेर यस विषयमा औपचारिक निर्णय हुने जानकारी दिए। 

प्रकाशित मिति: १७:२० बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्