हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण वैशाखमा
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले हरेक २/२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो १२, १३ र १४ वैशाखमा आयोजना गर्न लागेको जनाएको हो।काठमाडाै., माघ २४ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले हरेक २/२ वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो १२, १३ र १४ वैशाखमा आयोजना गर्न लागेको जनाएको हो।
एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, सिमेन्ट, डन्डी लगायतका दुईसय बढि स्टल रहने आयोजकले जनाएको छ। त्यस्तै जलविद्युत्, सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलहरुसमेत आयोजना गरिने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।
सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १३ हजार मेगावाट विद्युत् आन्तरिक रुपमा खपत गर्ने योजनामा निजी क्षेत्रले साथ दिने अध्यक्ष कार्कीले बताए। यसका लागि राज्यले निजी क्षेत्रलाइ संगसंगै लिएर जानुपर्ने उहाले बताए।
चीन भारत क्यानडा लगाएका कम्पनीहरुको समेत सहभागीता रहने एक्स्पोको ५० हजार बढिले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।