क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भाेलिदेखि
नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एक दिवसीय तीन म्याचको सिरिज खेल्नेछ।
काठमाडाैं, माघ २४ : क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज बिहीबारदेखि सुरु हुँदैछ।
आइसिसी मेन्स क्रिकेट वल्ड कप (सिडब्लुसी) लिग टूको सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो।
नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एक दिवसीय तीन म्याचको सिरिज खेल्नेछ।
सिरिजको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुने तालिका रहेको छ। प्रतियोगीता खेल्ने दुवै देशका खेलाडीहरु बुधबार अभ्यासमा व्यस्त भएका छन्।
क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ भने क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि साद बिन जफरको कप्तानीमा अनुभवी खेलाडीहरुलाई समेटेर टोलीको घोषणा छन्।
प्रकाशित मिति: १६:५६ बजे, बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












