जितपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्ष क्षेत्रीमाथि घुस मुद्दा
क्षेत्रीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ उक्त रकम लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
काठमाडौं, माघ २४ : जितपुरसिमरा उपमहानगरपालिका वडा–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
क्षेत्रीले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ उक्त रकम लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारको हेटौंडा कार्यालयको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिँदै गर्दा रंगेहात समातेको थियो। क्षेत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम घुस रकम बराबर जरिबाना र कैद सजायको मा दाबी छ।
प्रकाशित मिति: १६:४१ बजे, बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार