Kathmandu Press

६१ किलो सुन प्रकरणमा अमला रोकाविरुद्ध ‘डिफ्युजन नोटिस’

नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीले जनाएको छ। रोका सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्।
६१ किलो सुन प्रकरणमा अमला रोकाविरुद्ध ‘डिफ्युजन नोटिस’
Hardik ivf

काठमाडौं, माघ २४ : ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई पक्राउका लागि अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।

नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीले जनाएको छ। रोका सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन्।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो। सोही प्रकरणमा अनुसन्धानका लागि रोकालाई ‘डिफ्युजन नोटिस’ जारी भएको हो। 
 
प्रकाशित मिति: १५:५० बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्