‘ठुलो ओहोदामा हुनेहरू पदमा हुँदासम्म लुट्ने अनि पिआर र ग्रिन कार्ड लिएर बाहिर जाने?’
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, 'आर्थिक अवस्था भयावह छ। देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ। जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ।’
काठमाडौं, माघ २४ : आम जनता पार्टी (आजपा) का नेता प्रभु साहले भ्रष्टाचारकै कारण देशको आर्थिक अवस्था जर्जर बन्दै गएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, 'आर्थिक अवस्था भयावह छ। देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ। जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ।’ सम्पत्ति लुट्नेहरुले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जाेड दिए।
जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको बताउँदै उनले भने, ‘ठुलो ओहोदाहरु रहेकाहरुले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पिआर र ग्रिन कार्ड लिएर बाहिर जाने? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने?’
बैंकले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए।












