विदेश गएका छोराछोरी नफर्किने हुनाले अब भ्रष्टाचार गर्न आवश्यक छैन : चित्रबहादुर केसी
‘हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन्। स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ।’
काठमाडौं, माघ २४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेश गएका छोराछोरी नफर्किने हुनाले यहाँ घुसखोरी र भ्रष्टाचार गर्न आवश्यक नभएको बताएका छन्।
‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, अष्ट्रेलिया,’ प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘हामीले घुस खान, भ्रष्टाचार गर्न किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यहाँ आउँदैनन्। स्वास्नी छोराछोरीका लागि हो भ्रष्टाचार गर्ने, घुस खाने त्यसमा हामी सबैलाई सजिलो भएको छ।’
उनले सांसदहरु नीति निर्माणको काम छाडेर विकास निर्माणको एजेन्ट भएको आरोप पनि लगाए। उनले अहिले संघीयता र प्रदेश संरचना सबैर्ला घाँडो भएको पनि उनले बताए।
‘संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न आफूहरुले गरेको प्रयास असफल भयो। अहिले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाँडो भएको छ,’ उनले भने।
संघीयता राजनीतिक दलका नेता कार्यकर्ता थन्क्याउने ठाउँ त भएको छ तर मुलुक संकटमा गएको उनको भनाइ थियो।












