Kathmandu Press

प्रधानमन्त्री संसदमा नआएको भन्दै ओलीको सम्बोधन स्थगित  

संसद्को नेता प्रधानमन्त्री रहे पनि अनुपश्थित भएका कारण प्रतिपक्षी दलको नेताले नबोलेको एमाले सांसद रघु जि पन्तल बताएका छन्।
प्रधानमन्त्री संसदमा नआएको भन्दै ओलीको सम्बोधन स्थगित  
Hardik ivf

काठमाडौं, माघ २४ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि प्रतिनिधि सभामा सम्बोधनको कार्यक्रम रोकेका छन्।

संसद्को नेता प्रधानमन्त्री रहे पनि अनुपश्थित भएका कारण प्रतिपक्षी दलको नेताले नबोलेको एमाले सांसद रघु जि पन्तल बताएका छन्।

छलफलको पहिलो दिन नै प्रधानमन्त्री अनुपस्थित भएको भन्दै उनले असन्तुष्टी समेत जनाए। छलफलका लागि डाकिएको अधिवेशनको सुरुवाती दिनमै प्रधानमन्त्री उपस्थित नहुँदा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सम्बोधन स्थगित गरेको भनाई पन्तको थियो। 
 
प्रकाशित मिति: १४:२३ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्