देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको छ : लिङ्देन
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन्।
काठमाडाैं, माघ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उहाले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन्।
मुलुक परिवर्तनमा गएपछि भ्रष्टाचार चरम रुपमा बढेको उनले बताए। उनले एनसेल, टेरामक्स लगायतमा पनि अनियमितता भएको र जनतालाई ठग्ने काम भएको उल्लेख गरे। लिङ्देनले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नसक्ने बताए।
उनले मुलकलाई अघि बढाउन नयाँ सम्झौताकासाथ अघि बढ्न सुझाव दिए।
प्रकाशित मिति: १४:१५ बजे, बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार