Kathmandu Press

सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्छ : जनार्दन शर्मा

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सवै मिल्नुपर्ने बताएका हुन्।
सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्छ : जनार्दन शर्मा

काठमाडाैं, माघ २४ : नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रंग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सवै मिल्नुपर्ने बताएका हुन्। उनले सामाजिक सुरक्षाको बिषयमा सरकारले धेरै राम्रा कामहरु अघि बढाइएको धारणा राखे।

Hardik ivf

सहकारीको रकम हिनामिना गर्नेहरुलाई कारबाही गर्ने प्रक्रिया चलिरहेको भन्दै यससम्बन्धी अन्य गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाले बताए। शर्माले  जनताप्रति इमान्दार भएर काम गरे संविधानको सफल कार्यान्वयन गर्न सकिने र जनतामा रहेको निराशालाई आशामा बदल्न सकिने बताए। संघीयता कार्यान्वयन गर्न संविधान अनुसार आवश्यक कानून निर्माण गर्नुपर्ने उहाले बताए।

शर्माले जाजरकोटको भूकम्पपछि पुननिर्माणको काम अघि बढाउन सरकारले संकटक्षेत्र घोषणा गरेर बजेट लगाएको व्यवस्था गर्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्