Kathmandu Press

मुलुकका विभिन्न स्थानमा पूर्वाधारको अवस्था बेहाल छ : गगन थापा

उनले रुसी सेनामा काम गर्न गएका युवाको उद्धारका लागि सरकारले थप पहल गर्नुपर्ने धारणा राखे। विभिन्न प्रलोभन दिएर रुसमा युवा लैजाने गिरोहलाई पनि कारबारी गर्न उनले सरकारको ध्यानाकर्षण गराए। 
मुलुकका विभिन्न स्थानमा पूर्वाधारको अवस्था बेहाल छ : गगन थापा

काठमाडाैं, माघ २४ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले ले आफूले केही दिन अघि मात्र पार्टीको अभियानका क्रममा मुलुकका विभिन्न स्थानमा पुग्दा पूर्वाधारको अवस्था बेहाल अवस्थामा भएको पाएको बताएका छन्।

'हामीले पूर्वाधार समयमै निर्माण गर्न सकिरहेका छैनौँ, यो कुनै दल र व्यक्तिको मात्र सरोकारको विषय नभई समग्रतामा असफलता हो', प्रतिनिधिसभा बैठकको विशेष समयमा थापाले भने, 'यसमा कुनै कानुनमा समस्या भएमा त्यस्तो कानुन बदल्ने अधिकार यो संसद्सँग छ। यस पटक संसद्मा यस्ता विषयमा घनिभूतसँग छलफल गरेर समाधानको बाटो पहिल्याउनुपर्ने छ। अनिमात्र नागरिकमा परिवर्तनको आशा र भरोसा जाग्नेछ। यो सबैको जिम्मेवारी हो।'

Hardik ivf

मुलुकको शिक्षा क्षेत्रमा आमूल सुधार गरी व्यवहारिक बनाउन सकेमा केही हदसम्म अध्ययनका लागि विदेश जाने विद्यार्थी रोकिन सक्ने धारणा व्यक्त गर्दै उनले मुलुकमा दक्ष जनशक्ति उत्पादनका लागि पनि शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याए।

'सदनमा सांसदले लोकरिझाइका लागि नभई मुलुक र जनताको हितका लागि समय तालिकामा काम गर्नुपर्नेछ। अनि मात्र हाम्रो जिम्मेवारी निर्वाह हुनेछ,' उनले भने। महामन्त्री थापाले स्वास्थ्य सेवालाई पनि गुणस्तरीय र सुलभ बनाएर आमजनतामा सेवा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए।

सरकार वा सम्बन्धित निकायले निर्देशन दिएर मात्र जनताका समस्या समाधान नहुने तर्क गर्दै महामन्त्री थापाले यसका लागि अतिरिक्त कार्य गर्नुपर्नेमा जोड दिए। काम गर्ने तरिका नबदली परिणाम फरक नआउने उनको भनाइ थियो। उनले रुसी सेनामा काम गर्न गएका युवाको उद्धारका लागि सरकारले थप पहल गर्नुपर्ने धारणा राखे। विभिन्न प्रलोभन दिएर रुसमा युवा लैजाने गिरोहलाई पनि कारबारी गर्न उनले सरकारको ध्यानाकर्षण गराए। 

फरक प्रसङ्गमा उनले जङ्गली जनावरबाट किसानको बालीनाली जोगाउन सरकारले काम गर्नुपर्ने बताए। साथै उनले मुलुकमा विप्रेषण भित्र्याउने युवाका कारण नै आज अर्थतन्त्र जोगिएको उल्लेख गर्दै आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन पुँजीगत खर्च बढाउन सुझाव दिए। अर्थतन्त्रमा सुधारका लागि संरचनागत सुधार आवश्यक रहेकामा जोड दिँदै उनले त्यसका लागि सर्वप्रथम जनतामा आत्मविश्वास जगाउने गरी सरकारले काम गर्नुपर्ने धारणा राखे। 

महामन्त्री थापाले भने, 'हामी संसद्मा ठूलो दल भएका नाताले जनजीविकालगायतका यावत सवालमा सरकारसँग सहयात्रा र सहयोग गर्न चाहन्छौँ। संसद्लाई सार्थक बनाउन शतप्रतिशत जिम्मेवारी निर्वाह गरौँ।' साथै उनले संसद्ले सदनमा राखेका विषय सरकारले निरन्तर जवाफ दिने अवस्थाका लागि काम गर्न आग्रह गरे।

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्