Kathmandu Press

सरकारले भ्रष्टाचारका नाममा स्टन्टबाजी गरेको छ : पदम गिरी

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले ठूला–ठूला भ्रष्टाचारका प्रकरणलाई उठाएर सरकारले स्टन्डबाजी देखाउने तर कारवाही भने कसैलाई गर्न नसकेको आरोप लगाएका हुन्।
सरकारले भ्रष्टाचारका नाममा स्टन्टबाजी गरेको छ : पदम गिरी

काठमाडौं, माघ २४ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले भ्रष्टाचारका नाममा स्टन्टबाजी गरेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले ठूला–ठूला भ्रष्टाचारका प्रकरणलाई उठाएर सरकारले स्टन्डबाजी देखाउने तर कारवाही भने कसैलाई गर्न नसकेको आरोप लगाएका हुन्।

Hardik ivf

विकास र समृद्धिका मुद्धाहरु अहिले आझेलमा परेको अवस्थामा एमालेले सदनमा यस विषयलाई गम्भीर ढंगले उठाउने उनले बताए। गिरीले अहिले जनताका निराशा छाएपनि सरकार सत्तामा रमाइरहेको र तस्करी काण्डमा रमाइरहेको टिप्पणी गरे।

सरकारको असफलता व्यवस्थाको असफलता नभएको भन्दै उहाले यहि व्यवस्थाबाटै जनताको निराशालाई चिर्ने काम गर्नुपर्ने धारणा राखे।

उनले एमालेले सरकार र व्यवस्था विरोधीमाथि प्रभावकारी रुपले खबरदारी गर्ने बताए। रुसी भूमिमा रहेका नेपालहरु पिडामा हुँदा पनि सरकारले कुनै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सरकारको कडा विरोध गरे। 

गिरीले मुलुकको सरकार अहिलेजस्तो निरिह र कमजोर इतिहासमा कहिल्यै नदेखेको तर्क गरे। 

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्