संसदमा अनशन बस्ने अब्दुल खानकाे चेतावनी
‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक(पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन।’
काठमाडौं, माघ २४ : बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै जनमत पार्टीको संसदीय दलका उपनेता अब्दुल खानले संसदमा अनशन बस्ने चेतावनी दिएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने, ‘बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल निर्माणको निम्ति पूर्वमन्त्री माननीय ज्युले पटक(पटक आवाज उठाउँदा र अनसनस समेत बस्दा त्यो कुराको सुनुवाइ भएको छैन।’
यसअघि नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतम यो पुल निर्माणको माग गर्दै अनसन बसेका थिए। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत नारायणघाट बुटवल पदयात्रा गरेर सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै जनमत पार्टीका सांसद खानले गम्भीर बन्न सरकारलाई आग्रह गरे।
उनले यस्ता जनहितकारी काम समयमा नभएकोमा दुःख व्यक्त गर्दै यस्ता काम अब उप्रान्त भएन भने अनशनमा बस्न तयार हुने चेतावनी उनले दिए।












