सर्वाेच्चको आदेश कार्यान्वन गराउन माग गर्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिककाे प्रदर्शन
सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनकानी गरेकाले अदालतले फैसला गरेको ठिक १ वर्ष पुगेका अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन्।
काठमाडाैं, माघ २४ : ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुले सर्वाेच्चको आदेश कार्यान्वन गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।
ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज् विभागले सर्वोच्चले आफुहरुको पक्षमा गरेको ऐतिहासिक फैसला गरेपनि कार्यान्वयन नगरेको भन्दै काठमाडौंको शान्तिबाटीका रत्नपार्क क्षेत्रमा विरोध र्याली सहित प्रदर्शन गरेको हो।
सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनकानी गरेकाले अदालतले फैसला गरेको ठिक १ वर्ष पुगेका अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन्।
गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलव, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ लडेको ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुले जनाएका छन्।
प्रदर्शनमा सहभागीहरुले अन्तराष्ट्रिय मानवअधिकारको कदर गर, सर्वोच्चको फैसला कार्यान्वयन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता खारेज गर्न सर्वोच्च अदालतले गत वर्षको माघ २४ गते आदेश दिएको थियो।












