Kathmandu Press

जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : गगन थापा

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको भरोसा गुम्दै गएको भन्दै जनताको भरोसा कायम गर्न सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले बताएका हुन्।
जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ : गगन थापा

काठमाडाैं, माघ २४ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनतामा गुम्दै गइरहेको विश्वासलाई भरोसामा बदल्न सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको भरोसा गुम्दै गएको भन्दै जनताको भरोसा कायम गर्न सबैभन्दा बढी जिम्मेवारी लिनुपर्ने सरकारले बताएका हुन्।

Hardik ivf

आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्ने गरि संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताए। उनले सरकार नयाँ ढंगले काम गर्छु भनिराख्दा संसदीय समितिलाई समेत फरक ढंगले चलानुपर्ने धारणा राखे।

थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए। सहकारीमा ठगीको धन्दाको मतियारलाई समेत कारवाही गर्दै जनतामा सुशासनको अनुभूति दिलाउनुपर्ने उहाले बताए।

त्यस्तै थापाले रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयास अपर्याप्त भएको बताए।  रुसमा अलपत्र परेका नेपालहरूको उद्धारमा राज्यले सम्पूर्ण ताकत लगाउनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्