अरूण चौधरीसहित तीनजना थुनामुक्त
चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार छुटेका हुन्।
काठमाडौं, माघ २४ : बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजना छुटेका छन्।
चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार छुटेका हुन्।
प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित तीनजनालाई म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो। अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो। उनीहरु १८ माघमा पक्राउ परेका थिए।
प्रकाशित मिति: १२:३१ बजे, बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार