Kathmandu Press

इरफानको ‘अंग्रेजी मिडियम’ फेरि रिलिज हुने

मुम्बई, चैत २ : कोरोना भाइरसका कारण बलिउड पनि प्रभावित भएको छ। केही फिल्मको रिलिज डेट पछि सारिएको छ भने सुटिङ रोकिएको छ।

यो समयमा रिलिज भएका....

इरफानको ‘अंग्रेजी मिडियम’ फेरि रिलिज हुने

मुम्बई, चैत २ : कोरोना भाइरसका कारण बलिउड पनि प्रभावित भएको छ। केही फिल्मको रिलिज डेट पछि सारिएको छ भने सुटिङ रोकिएको छ।

यो समयमा रिलिज भएका फिल्म पनि समस्यामा परेका छन्। यस्तै प्रभाव फिल्म ‘अंग्रेजी मिडियम’मा पनि परेको छ। यो फिल्मले बक्स अफिसमा राम्रो सुरुआत गर्न सकेन्।

तर, निर्देशक होमी अदजानियाले भने नयाँ जुक्ति निकालेका छन्। उनले ‘अंग्रेजी मिडियम’को फेरि रिलिज गर्ने बताएका छन्।

कोरोना भाइरसको प्रकोप सकिँएपछि पुनः रिलिज गर्ने निर्देशक अदजानियाले घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, ‘आजदेखि अर्को सूचना नहुँदासम्म भारतका सबै फिल्म हल बन्द रहनेछन्। त्यसैले, अवस्था सामान्य भएपछि हामी अंग्रेजी मिडियमलाई फेरि रिलिज गर्नेछौं। त्यतिञ्जेलसम्म सबै सुरक्षित रहनुहोला, एक अर्कालाई सहयोग गर्नुहोला।’

यस फिल्ममा इरफान खान, करिना कपूर, राधिका मदान, दीपक डोबरियाल, डिम्पल कपाडिया, पंकज त्रिपाठीलगायतका कलाकारको अभिनय रहेको छ।

 

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, चैत २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्