‘जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले प्रतिनिधिसभाको शून्य समयको औचित्य छैन’
'जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले ‘शून्य समयको के भ्यालु?’ उनले भने।
काठमाडौं, माघ २४ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनप्रतिनिधिले उठाएका आवाज सरकारले नसुनेको भन्दै प्रतिनिधिसभाको शून्य समयको औचित्य नभएकाे बताएका छन्।
प्रतिनिधिसभा आज बसेको बैठकको शून्य समयमा बाेल्दै उनले आफ्नो गृह जिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको भनी आफूले पटकपटक कुरा उठाउँदा पनि सरकारले नसुनेकाे बताए।
'जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले शून्य समयको के भ्यालु?’ उनले भने, 'योभन्दा जवाफदेहिताविहीन सरकार इतिहासमा कहिल्यै थिएन । जसको न कान छ, न आँखा छ । कहिले सुन्छ सरकारले रु त्यसैले शून्य समयको के भ्यालु?’
प्रकाशित मिति: १२:२३ बजे, बुधबार, माघ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












