Kathmandu Press

बाँसबारी सरकारी जग्गा प्रकरणमा पक्राउ परेका चाैधरीलगायत तीनै जनालाई छाड्ने तयारी

जिल्ला अदालत काठमाडौंले हिरासतमा राखिरहन जरूरी नभएकाे बताएपछि अरुणकुमार चौधरी, लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई प्रहरीले आज छाड्ने तयारी गरेको छ।
बाँसबारी सरकारी जग्गा प्रकरणमा पक्राउ परेका चाैधरीलगायत तीनै जनालाई छाड्ने तयारी

काठमाडौं, माघ ४ : बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडकाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनै जनालाई प्रहरीले आज छाड्ने तयारी गरेको छ।

जिल्ला अदालत काठमाडौंले हिरासतमा राखिरहन जरूरी नभएकाे बताएपछि अरुणकुमार चौधरी, लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई प्रहरीले आज छाड्ने तयारी गरेको छ।

Hardik ivf

जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश दिएपछि प्रहरीले उनीहरूलाई छाड्न लागेको हो।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ।

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्