Kathmandu Press

परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया प्रस्थान गर्दै

अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रूपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन उनी आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया प्रस्थान गर्दै
Hardik ivf

काठमाडौं, माघ २४ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्नुहुने भएको छ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रूपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन उनी आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 
उनले यही माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागरतर्फ’ विषयमा हुन लागेको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उनले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ। 

मन्त्री साउदका साथमा उनका धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुनेछ। नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि सहभागी हुनुहुनेछ।
 
परराष्ट्र मन्त्रालयका अनुसार उनी पर्थबाट न्युजील्यान्ड विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानुहुनेछ। उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीबीच दोस्रो परामर्श बैठक हुनेछ। मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनुहुनेछ।

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, माघ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्