भारतसँग पराजित हुँदै यू–१९ महिला साफबाट नेपाल बाहिरियो
नेपालललाई भारतलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो, तर दोस्रो हाफमा भने ४ गोल खान पुगेको थियो।काठमाडौं, माघ २३ : नेपाल यू–१९ महिला साफ च्याम्पियनबाट बाहिरिएको छ।
बंगालादशेमा मंगलबार भएको लिगको अन्तिम खेलमा भारतसँग ४–०ले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। यता, भारत भने फाइनलमा पुगेको छ।
नेपाल यसअघि आयोजक बंगलादेशसँग ३–१ले पराजित भएको थियो भने भुटानलाई १–०ले हराएको थियो। भारतले भने भुटानलाई १०–० र बंगलादेशलाई १–०ले हराएको थियो।
नेपालललाई भारतलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो, तर दोस्रो हाफमा भने ४ गोल खान पुगेको थियो। भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरे।
अब भारतले उपाधिका लागि आयोजक बंगलादेशसँग खेल्ने छ।
प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रचण्डजीहरूले काम न काज हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो: गगन थापाबिहीबार, मंसिर १३, २०८१
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद फैसलाबिहीबार, मंसिर १३, २०८१
कीर्तिपुर पुगेर प्रचण्डले सम्झिए १७ वर्षअघिको चुनावबिहीबार, मंसिर १३, २०८१
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१