पद्मप्रसाद पाण्डेय बने संघीय संसदको महासचिव
पाण्डेलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन्। उनले आजै प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए।
काठमाडौं, माघ २३ : पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव बनेका छन्।
पाण्डेलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन्। उनले आजै प्रतिनिधिसभाको सचिवबाट राजीनामा दिएका थिए।
पाण्डेयको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति पौडेलले उनलाई महासचिवमा नियुक्त गरेका हुन्।
गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए।
प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, माघ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार